Logo
|
Thursday 25th April 2024
Logo

epaper

देशभर ३३०९ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३०९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार १२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
वितेको २४ घण्टामा देशभरका विभिन्न ल्यावबाट १३ हजार १४४ जनाको पीसीआर जाँच गरिएको छ । हालसम्म १४ लाख ९४ हजार १२२ जनाको पीसीआर परीक्षण भएको छ ।

आज थप ३८४४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या १ लाख ४४ हजार ८७८ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ७९.२ प्रतिशत रहेको छ ।

नेपालमा वितेको २४ घण्टामा थप ३० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०३४ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ । हाल देशभर १ हजार ३०५ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्