Logo
|
Sunday 22nd December 2024
Logo

epaper

काठमाडौँ उपत्यकामा थप १८७८ जनामा कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १ हजार ८७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १५७० जना, भक्तपुरमा ११९ जना र ललितपुरमा १८९ जना थपिएका हुन ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३०९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार १२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा वितेको २४ घण्टामा थप ३० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०३४ पुगेको छ ।

आज थप ३८४४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या १ लाख ४४ हजार ८७८ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्