Logo
|
Thursday 28th March 2024
Logo

epaper

देशभर ३०५१ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
वितेको २४ घण्टामा देशभरका विभिन्न ल्यावबाट १३ हजार ६८ जनाको पीसीआर जाँच गरिएको छ । हालसम्म १५ लाख ७ हजार १९० जनाको पीसीआर परीक्षण भएको छ ।

आज थप ३४३० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या १ लाख ४८ हजार ४०८ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ७९.८ प्रतिशत रहेको छ ।
नेपालमा वितेको २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०५२ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ रहेको छ । हाल देशभर १ हजार २३२ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्