Logo
|
Friday 26th April 2024
Logo

epaper

कोभिड-१९ संक्रमित हास्यव्यङ्ग्य कलाकार गजुरेलको स्वास्थ्यमा समस्या, आईसीयू भर्ना



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोनाभाइरस संक्रमित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलको स्वास्थ्यमा समस्या देखिएको छ।

स्वास्थ्यमा समस्या आएपछि गत १९ कात्तिक बुधबार काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएका उहाँलाई गए रातिदेखि अक्सिजनको कमी र फोक्सोमा संक्रमण देखिएपछि थप उपचारका लागि आईसीयूमा राखिएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य अवस्था गम्भीर नभएको तर जोखिम ननिम्तिओस् भनेर राम्रो रेखदेखका लागि आईसीयूमा राखिएको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिनुभयो । कलाकार गजुरेलले गएको १० कात्तिकमा आफू कोरोना संक्रमित भएको फेसबूक मार्फत सार्वजनिक गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्