झापामा कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, १ हजार ४ भन्दा बढि निको भए
जनस्वास्थ्य सरोकार, झापा । झापा जिल्लामा कोरोना संक्रमणबाट हालसम्म ५८ जनाको मृत्यु भएको छ । जिल्लामा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ जना रहेको जनस्वास्थ्य कार्यालय झापाले जानकारी दिएको छ ।
कार्यालयको तथ्याङ्कअनुसार हालसम्म ३० हजार ४४१ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १ हजार ४४२ जना कोरोना संक्रमणमुक्त भई घर फर्किसकेको कार्यालयका फोकल पर्सन जीवन चौलागाइँले जानकारी दिनुभयो ।
उहाँका अनुसार दमक नगरपालिकामा सबैभन्दा बढी ५५८ जना कोरोना संक्रमित रहेका छन भने २० जनाले ज्यान गुमाइसकेका छन् ।
पन्ध्र स्थानीय तह रहेको जिल्लामा भद्रपुर नगरपालिकामा २९२, मेचीनगरमा २७८, विर्तामोडमा ३८७, कनकाईमा १४१, अर्जुनधारामा ८४, गौरादहमा १०३, शिवसताक्षी नगरपालिकामा ५३, बुद्धशान्ति गाउँपालिकामा ४५, हल्दिबारीमा ३५, कचनकवलमा १४८, कमलमा