Logo
|
Thursday 25th April 2024
Logo

epaper

कर्मचारीमा कोरोना पुष्टि भएपछि कावासोती नगरपालिका कार्यलय एक हप्ताका लागि बन्द



 जनस्वास्थ्य सरोकार, नवलपुर । नवलपरासीको कावासोती नगरपालिकाका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिका कार्यलय बन्द गरिएको छ ।

नगरपालिकामा कार्यरत चार कर्मचारीमा बिहीबार कोभिड सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाबाट प्रवाह गरिने सेवा एक हप्ताका लागि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगामी कात्तिक २६ गतेसम्म नगरपालिका बन्द रहने भए पनि अत्यावश्यकीय सेवा प्रवाह भने नरोकिने भएको छ । नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा प्रवाह बन्द गरिएको भए पनि नगरपालिकाका सबै वडा कार्यालयहरु भने खुला रहने प्रमुख प्रशासकीय अधिकृत पुरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्