Logo
|
Friday 19th April 2024
Logo

epaper

भारतमा कोरोना संक्रमितको संख्या ८४ लाख नाघ्यो



जनस्वास्थ्य सरोकार, नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ४७ हजार ६३८ जना नयाँ संक्रमित थपिएका छन् । योसहित भारतमा संक्रमितको संख्या ८४ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा भारतमा ६७० जनाको निधन भएको छ । यो सहित भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २४ हजार ९८५ पुगेको छ ।

भारतमा अहिले ५ लाख २० हजार सक्रिय संक्रमित रहेका छन भने ७७ लाख ६५ हजार बढि संक्रमणमुक्त भइसकेका छन ।

महाराष्ट्र राज्यमा सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार रहेको छ । यहाँ हालसम्म ४४ हजार ८०४ जनाको मृत्यु भइसकेको मन्त्रालयले जानकारी दिएको छ । कर्नाटकमा भने ३३ हजार ११४ जनामा सक्रिय संक्रमण रहेको छ भने ११ हजार ३१२ जनाको मृत्यु भएको छ ।

भारतले हालसम्म ११ करोड ५४ लाख भन्दा बढिको नमूना परीक्षण गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्