Logo
|
Thursday 25th April 2024
Logo

epaper

देशभर २९०९ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९०९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

वितेको २४ घण्टामा देशभरका विभिन्न ल्यावबाट १० हजार १५३ जनाको पीसीआर जाँच गरिएको छ । हालसम्म १५ लाख १७ हजार ३ ४३ जनाको पीसीआर परीक्षण भएको छ ।

आज थप ४५०० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा वितेको २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०७० पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ रहेको छ । हाल देशभर १ हजार २३२ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्