Logo
|
Saturday 20th April 2024
Logo

epaper

काठमाडौँ उपत्यकामा थप १३३८ जनामा कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १०३० जना, भक्तपुरमा १२१ जना र ललितपुरमा १८७ जना थपिएका हुन ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९०९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा वितेको २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०७० पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ रहेको छ । हाल देशभर १ हजार २३२ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्