Logo
|
Thursday 18th April 2024
Logo

epaper

नख्खु जेल ‘ब्रेकर’ एवं पूर्वसांसद वीरबहादुर लामाको निधन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नख्खु जेल ‘ब्रेकर’को रुपमा पनि चिनिने पूर्वसांसद एवम् तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन भएको छ ।

ललितपुरको पाटन अस्पतालमा उपचाररत लामा मिर्गौलाको रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको आइतबार बिहान ४ बजे निधन भएको अस्पतालले जनाएको छ ।

निमोनियासमेत देखिएपछि उहाँलाई गत सोमबार पाटन अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । कोरोना संक्रमणको शंका लागेर चार पटकसम्म पीसीआर परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ आएको थियो ।

२०३३ सालमा लामासहित सीपी मैनाली, प्रदीप नेपाल, गोपाल शाक्य, घनेन्द्र बस्नेत, धर्म घिमिरेलगायतका १५ जना नख्खु जेलबाट सुरुङ खनेर भागेका थिए । लामा २०५६ सालमा मकवानपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्