Logo
|
Tuesday 19th January 2021
E-paper Magazine

देशभर २८१७ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८१७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
वितेको २४ घण्टामा देशभरका विभिन्न ल्यावबाट १२ हजार ३११ जनाको पीसीआर जाँच गरिएको छ । हालसम्म १५ लाख ४० हजार ७७ जनाको पीसीआर परीक्षण भएको छ ।

आज थप २८१२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ८१.१ प्रतिशत रहेको छ ।

नेपालमा वितेको २४ घण्टामा थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११०८ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ७१९ रहेको छ । हाल देशभर १ हजार १४९ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्