Logo
|
Saturday 20th April 2024
Logo

epaper

काठमाडौँ उपत्यकामा थप १५३३ जनामा कोरोना पुष्टि



जनस्वास्थ्य सरोकार काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १ हजार ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १२९४ जना, भक्तपुरमा ७७ जना र ललितपुरमा १६२ जना थपिएका हुन ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८१७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा वितेको २४ घण्टामा थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११०८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्