Logo
|
Friday 19th April 2024
Logo

epaper

वितेको २४ घण्टामा २५७१ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५७१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
वितेको २४ घण्टामा देशभरका विभिन्न ल्यावबाट ११ हजार १७७ जनाको पीसीआर जाँच गरिएको छ । हालसम्म १५ लाख ५१ हजार २५४ जनाको पीसीआर परीक्षण भएको छ ।

आज थप १७९८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या १ लाख ५९ हजार ७२४ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ८१.०७ प्रतिशत रहेको छ ।

नेपालमा वितेको २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११२६ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ । हाल देशभर ९६७ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्