Logo
|
Saturday 20th April 2024
Logo

epaper

काठमाडौँ उपत्यकामा थप १४२८ जनामा कोरोना



जनस्वास्थ्य सरोकार काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ११३६ जना, भक्तपुरमा ९१ जना र ललितपुरमा २०१ जना थपिएका हुन ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५७१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।  थप १८ जनाले ज्यान गुमाएका छन । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११२६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्