Logo
|
Saturday 20th April 2024
Logo

epaper

मन्त्रीहरुको आधा तलब कोरोना उपचार कोषमा



जनस्वास्थ्य सरोकार, काठमाडौं । मन्त्रीहरूको आधा तलब कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

सोमबार (कात्तिक २५ गते) बसेको मन्त्री परिषदको बैठकले आगामी चैत मसान्तसम्म मन्त्रीहरुको तलबको आधा रकम सोझै कोषमा जम्मा गर्ने निर्णय गरेको हो । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी र मन्त्रीहरूले एक महिनाको तलब उक्त कोषमा जम्मा गरिसकेका छन् ।

सांसदहरूले एकपटक १५ दिनको भत्ता र दसैंबापतको भत्ता कोषमा जम्मा गरेका छन् । कोषमा जम्मा भएको रकम स्थानीय तह, प्रदेश सरकारहरूलाई मागअनुसार निकासा दिने गरिएको राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगका उपाध्यक्षको नेतृत्वमा कोष सञ्चालक समिति छ । कोषको रकम निकासा दिने निर्णय त्यही समितिले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्