Logo
|
Wednesday 24th April 2024
Logo

epaper

कोरोना संक्रमणबाट सीअनमीको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणमाबाट रुपन्देहीमा एक जना स्वास्थ्यकर्मीको ज्यान गएको छ ।  भैरहवास्थित भीम अस्पतालमा उपचाररत लुम्बिनी सांस्कृतिक नगरपालिका मधुवनी स्वास्थ्य चौकीमा कार्यरत सीअनमी गोमा गुरुङको सोमबार राती ९ः ५० बजे निधन भएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिनुभयो ।

उनलाई उपचारका लागि गत कात्तिक १७ गते अस्पताल ल्याइएको र कात्तिक १८ गते कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी नारायण पोखरेलले बताउनुभयो ।

‘अस्पताल आउँदा खेरी नै स्वास्थ्यवस्था गम्भीर थियो’, उहाँले भन्नुभयो’-‘हामीले २२ गते देखि रेम्डेसिभिर र प्लाज्मा थेरापी पनि चलायौँ तर सुधार हुन सकेन ।’  कोरोना संक्रमणबाट जिल्लामा पहिलो पटक स्वास्थ्यकर्मीको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्