Logo
|
Wednesday 24th April 2024
Logo

epaper

आज काठमाडौँ उपत्यकामा १४२० जना कोरोना संक्रमित थपिए



जनस्वास्थ्य सरोकार काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १ हजार ४२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ११४१ जना, भक्तपुरमा ८६ जना र ललितपुरमा १९३ जना थपिएका हुन ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७३६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज थप ८५३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या १ लाख ६० हजार ५७७ पुगेको मन्त्रालयले जनाएको छ ।

कोरोनासक्रमण मुक्त हुने दर ८०.३८ प्रतिशत रहेको छ । नेपालमा वितेको २४ घण्टामा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११४८ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्