Logo
|
Saturday 18th May 2024
Logo

epaper

कोरोना नियन्त्रणमा ६ अर्ब ८१ करोड बढी रकम विनियोजन, के मा कति खर्च ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारले चालु आर्थिक वर्षको पहिलो चार महिनामा करिब ६ अर्व ८१ करोड रुपियाँ भन्दा बढि बजेट विनियोजन गरेको छ ।
गएको साउन महिना यता स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका ६ अर्व ८१ करोड ५९ लाख ६ हजार रुपियाँ बजेट बिनियोजन गरेको जनाएको छ ।

कहाँ कति खर्च भए ?
कोरोना संक्रमितको प्रयोगशाला परीक्षण तथा व्यवस्थापनमा १ अर्ब १२ करोड ४० लाख रुपियाँ निकासा गरिएको मन्त्रालयको प्रवत्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार हाई डेपेन्डेन्सी युनिट स्थापनाका लागि ३ अर्व ८१ करोड ५९ लाख ६ हजार रुपियाँ निकासा गरिएको छ । त्यसैगरी आईसीयू, भेन्टिलेटर र अस्पताल सुदृढीकरणका लागि १ अर्ब २९ करोड ९० रुपियाँ निकासा गरिएको छ । त्यस्तै संक्रमित व्यवस्थापन, कन्ट्रयाक ट्रेसिङ र जोखिम भत्ताका लागि १ अर्ब १४ करोड २९ लाख ६ हजार रुपियाँ निकासा गरिएको मन्त्रलयका प्रवत्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्