Logo
|
Saturday 20th April 2024
Logo

epaper

देशभर १९१३ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९१३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
आज थप २३४९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ८०.५९ प्रतिशत रहेको छ ।

नेपालमा वितेको २४ घण्टामा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११८९ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ । हाल देशभर ९७४ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्