Logo
|
Thursday 18th April 2024
Logo

epaper

निःशुल्क कोभिड परीक्षण र उपचारका लागि पत्राचार



जनस्वास्थ्य सरोकार, काठमाडौं । अब सरकारी प्रयोगशाला र अस्पतालहरुबाट कोरोना परीक्षण र उपचार निःशुल्क उपलब्ध हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र (एचईओसी) ले बिहीबार प्रयोगशाला र अस्पतालहरुलाई पत्र पठाउँदै कोरोना परीक्षण र उपचार निःशुल्क गर्न निःशुल्क गर्न निर्देशन दिएको हो ।

केन्द्रले सरकारी प्रयोगशालाहरुबाट कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने गत कात्तिक २४ गते भएको मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराएको छ । कोरोना भाइरस (कोभिड—१९) को लक्षणसँग मिल्दाजुल्दा लक्षण भएकाहरुले निःशुल्क उपचार सेवा प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्