महालक्ष्मी नगरपालीकाले दियो स्वास्थ्य स्वयंसेवीकालाई प्रतिव्यक्ति दशहजार तिहार खर्च
जनस्वास्थ्य सरोकार, काठमाडौँ । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालीकाले महिला स्वास्थ्य स्वंयमसेवीकालाई तिहार खर्च प्रदान गरेको छ ।
स्वयंसेवीकाको कामको उच्च मूल्याङ्कन गरेर वर्षको एक पटक चाडपर्वमा दिने भनिएको रकम बैंक खाता मार्फत प्रदान गरेको नगप्रमुख रामेश्वर श्रेष्ठले बताउनुभयो ।
प्रतिव्यक्ति रु दश हजारका दरले ४५ जना महिला स्वास्थ्य स्वयंसेवीकालाई कोभिड–१९ महामारीलाई ध्यानमा राखेर बैंक खाता मार्फत उक्त रकम निकासा गरिसकेको नगप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालीकाले आज एक सूचना जारी गर्दै नजिकै आइरहेको दीपावलीमा देउसी भैलो खेल्न र समूहमा जम्मा नहुन र आ–आफ्नो घरमा सङ्क्रमणबाट पूर्णरुपमा सुरक्षित भएर चाडपर्व मनाउन समेत नगरवासीलाई आग्रह गरेको छ ।