Logo
|
Wednesday 26th February 2025
Logo

epaper

भारतमा पछिल्लो समय सक्रिय सङ्क्रमितको सङ्ख्यामा कमी



जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतमा पछिल्लो समय कोभिड-१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या न्यून हुँदै गएको छ ।

कोरोनाभाइरसको महामारीबाट अति प्रभावित मुलुकहरुको अग्रपंक्तिमा रहेको भारतमा पछिल्लो समयमा दैनिक सङ्क्रमितको सङ्ख्यामा पनि कमी आएको छ ।

सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४४ हजार ८७८ जना सङ्क्रमित थपिएका छन् ।भारतमा योसँगै कुल सङ्क्रमितको सङ्ख्या ८७ लाख २८ हजार ७९५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ५४७ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख २८ हजार ६६८ जनाको मृत्यु भएको  छ ।

भारतमा अहिले सङ्क्रमित ४ लाख ८४ हजार ५४७ रहेको छ । केही हप्ता अगाडिसम्म झण्डै दश लाख मानिस सक्रिय सङ्क्रमित अवस्थामा रहेका थिए ।

भारतको स्वास्थ्य अनुसन्धान परिषदले अहिलेसम्म १२ करोड ३१ लाख नमूना परीक्षण गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्