Logo
|
Saturday 20th April 2024
Logo

epaper

देशभर २१११ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु, मृतकको संख्या १२ सय नाघ्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
आज थप ३५३७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ८१.४८ प्रतिशत रहेको छ ।

नेपालमा वितेको २४ घण्टामा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२०२ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार २२ रहेको छ । हाल देशभर ९८६ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्