Logo
|
Wednesday 24th April 2024
Logo

epaper

काठमाडौं उपत्यकामा थप १२ सय ७ जनामा संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १२ सय ७ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार संक्रमित पुष्टि हुनेमा ५ सय २६ महिला र ६ सय ८१ पुरुष रहेका छन् ।

काठमाडौंमा ९ सय १९, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ सय ८० जना नयाँ संक्रमित थपिएका हुन् । देशभर आज संक्रमित पुष्टि हुनेमा २१ सय ११ रहेका छन् ।

नेपालमा वितेको २४ घण्टामा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२०२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्