Logo
|
Thursday 25th April 2024
Logo

epaper

परीक्षण घट्यो, जोखिम बढ्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना संक्रमण कम गर्ने एउटा अचुक उपाय भनेकै संक्रमितहरुको पहिचान गर्नु हो । त्यसकालागि समुदायस्तरमा पिसिआर परीक्षणको दायरा बढाउनुपर्दछ ।

तर नेपालमा पछिल्लो समय कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेता पनि परीक्षणको दायरा भने घटदै गएको छ । सरकारको शुल्क लगाउने निर्णय, घट्दो परीक्षणको दायरा, अहिले फेरी निःशुल्क गर्ने भनेपनि अनेक वाहानाबाजीका कारण संक्रमण झन फैलिएको छ ।

त्यसमाथि आवतजावत खुल्ला हुँदा कन्ट्रयाक ट्रेसिङको काम गर्नै छाडिएको छ । सरकारले भिडभाड रोक्ने देखि समुहगत परिक्षणको दायरा बढाउनुको साटो संक्रमणदर तिव्र भएकै बेला उल्टै परीक्षण घटाएको छ ।

मङ्सिर २ गते मंगलबार देशभरका विभिन्न प्रयोगशालामा जम्मा ३ हजार ११२ नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क छ । जसमा ५०२ जनालाई संक्रमण देखिएको थियो भने १७ जनाले ज्यान गुमाएका थिए ।

मङ्सिर १ सोमबार ४ हजार ८३२ जनाको पिसिआर परीक्षण गर्दा १ हजार १९७ जनामा सङ्क्रमण देखिएको थियो । नेपालमा हालसम्म २ लाख ११ हजार ४७५ जना कोरोना मा कोरोना संक्रमण पुष्टि भइसकेको छ । हालसम्म ३० हजार ९८६ जना सक्रिय सङ्क्रमित रहेका छन ।

हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार २४७ जना पुगेको मन्त्रालयले जनाएको छ । यस्तै २८ हजार २०७ जना होम आइसोलेसन र एक हजार ३ जना क्वारेन्टिनमा छन ।

झण्डै ५० हजार मानिस बसोबास गर्ने काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख पुग्न लागेको छ ।  हरेक दिन नयाँ संक्रमित मध्ये आधाभन्दा बढि उपत्यकामा थपिने गरेका छन । उपत्यकामा मृतकको संख्या ५ सय नजिक पुगेको छ । भने सक्रिय संक्रमितको संख्या १६ हजार छन् ।

 

प्रतिक्रिया दिनुहोस्