Logo
|
Friday 26th April 2024
Logo

epaper

देशभर १४४२ जनामा कोरोना संक्रमण, ३५३८ जना निको भए, थप १२ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४४२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

वितेको २४ घण्टामा देशभरका विभिन्न ल्यावबाट ६ हजार ७३१ जनाको पीसीआर जाँच गरिएको छ । हालसम्म १६ लाख २३ हजार ७५४ जनाको पीसीआर परीक्षण भएको छ । आज थप ३५३८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ८५.८ प्रतिशत रहेको छ ।

नेपालमा वितेको २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२५९ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ । हाल देशभर ९१० जना क्वारेन्टीनमा रहेका छन ।

 

प्रतिक्रिया दिनुहोस्