Logo
|
Saturday 20th April 2024
Logo

epaper

काठमाडौँ उपत्यकामा थप १ हजार ३८ जनामा कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १ हजार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८२२ जना, भक्तपुरमा ४८ जना र ललितपुरमा १६८ जना थपिएका हुन ।

पछिल्लो २४ घण्टामा थप १ हजार ४४२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा वितेको २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२५९ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्