Logo
|
Friday 25th June 2021
E-paper Magazine

बुटवलको कोरोना अस्पतालमा गुल्मीका सङ्क्रमितको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको सत्यवती–६ का ६२ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार निमोनियाको समस्या रहेका ती व्यक्तिमा गत कात्तिक २३ गते पीसीआर पोजिटिभ देखिएको थियो । उपचारार्थ भर्ना भएका उहाँको बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्