Logo
|
Friday 19th April 2024
Logo

epaper

औषधि (तेस्रो संशोधन) अध्यादेश जारीः कोभिड विरुद्धको खोप ल्याउन सहज हुने



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

सो अध्यादेश आएपछि मुलुकका कोभिड–१९ विरुद्धको खोप ल्याउन सहज हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्