Logo
|
Wednesday 24th April 2024
Logo

epaper

बिहीबार थपिए २,१०३ संक्रमित, २,८५८ जना डिस्चार्ज



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप २ हजार १०३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा २ हजार ८५८ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ८५ हजार ६३८ जना पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ७६ पुगेको छ । मन्त्रालयका अनुसार ७६७ जना क्‍वारेन्टाइनमा रहेका छन् ।

हालसम्म पीसीआर विधिबाट १६ लाख ३३ हजार ५५९ परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्