Logo
|
Thursday 26th November 2020
NEWS PAPER

काठमाडौं उपत्यकामा थप १२२९ जनामा कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं उपत्यकामा थप १२२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९६५, भक्तपुरमा ७५ र ललितपुरमा १८९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

देशका विभिन्‍न प्रयोगशालामा पछिल्लो २४ घन्टामा  गरिएको परीक्षणमा २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा २ हजार ८५८ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ८५ हजार ६३८ जना पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ७६ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्