Logo
|
Friday 29th March 2024
Logo

epaper

देशभर १९४५ जनामा कोरोना संक्रमण, ५३६४ निको भए, २२ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९४५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म १६ लाख ४३ हजार ८९९ जनाको पीसीआर परीक्षण भएको छ । आज थप ५३६४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ८८.०३ प्रतिशत रहेको छ ।

नेपालमा वितेको २४ घण्टामा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२९८ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ । हाल देशभर ७५३ जना क्वारेन्टीनमा रहेका छन ।

 

प्रतिक्रिया दिनुहोस्