Logo
|
Saturday 20th April 2024
Logo

epaper

काठमाडौँ उपत्यकामा शुक्रबार ११०७ जना कोरोना संक्रमित थपिए



जनस्वास्थ्य सरोकार काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८६२ जना, भक्तपुरमा ७१ जना र ललितपुरमा १७४ जना थपिएका हुन ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९४५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा वितेको २४ घण्टामा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२९८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्