Logo
|
Thursday 28th March 2024
Logo

epaper

काठमाडौं उपत्यकामा ८९९ सहित देशभर थपिए १६७४ नयाँ संक्रमित, ५ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौं  । नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ६ सय ७४ नयाँ कोरोना संक्रमित थपिएका छन्।  योसंगै संक्रमित हुनेको कुल संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा  ८९९ जना कोरोना संक्रमीत थपिएका छन ।

मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६४ संक्रमित थपिएका हुन् ।

कोरोना संक्रमणबाट आज थप ७ जनाले ज्यान गुमाएका छन । योसंगै  नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३०५ पुुुगेको छ ।

यही अवधिमा २ हजार ३ सय २३ जना संक्रमित ठीक भएका छन्। यससँगै नेपालमा कोभिड १९ ठिक हुनेको संख्या १ लाख ९३ हजार ३ सय २५ पुगेको छ।

अहिले २४ हजार ९ जना संक्रमित आइसोलेसनमा छन् भने ७ सय ५७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्