विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ८५ लाख नाघ्यो
जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या ५ करोड ८५ लाख नाघेको छ । आइतबार दिउँसो २ः३० बजे सम्म विश्वभरीमा ५ करोड ८५ लाख ४३ हजार १९८ जना व्यक्ति कोरोना सङ्क्रमित भएको वल्डोमिटरले जनाएको छ । हालसम्म विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ लाख ८७ हजार ३३३ पुगेको छ ।
सङ्क्रमितमध्ये हालसम्म ४ करोड ५ लाख ८ हजार ७१८ जना कोरोना मुक्त भएका छन । हाल विश्वभरमा १ करोड ६६ लाख ४७ हजार १४७ जना संक्रमितहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये १ लाख २ हजार ३७८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
कोरोना भाइसरसबाट सबैभन्दा बढि प्रभावित अमेरिकामा कोरोना सङ्क्रमितको कुल संख्या १ करोड २४ लाख ५० हजार ६६६ पुगेको वल्डोमिटरले जनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या २ लाख ६१ हजार ७९० पुगेको छ ।
त्यसैगरी दोस्रो धेरै प्रभावित भएको भारतमा ९० लाख ९५ हजार ९०८ जना सङ्क्रमित भएका छन भने १ लाख ३३ हजार २६३ जनाको मृत्यु भएको छ ।
त्यस्तै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ६० लाख ५२ हजार ७८६ जना सङ्क्रमित भएका छन भने १ लाख ६९ हजार १७ जनाको मृत्यु भएको छ ।