Logo
|
Saturday 11th January 2025
Logo

epaper

काठमाडौं महानगरपालिकाले थाल्यो मोबाइल भ्यानमार्फत स्वाब सङ्कलन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं महानगरपालिकाले आजदेखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाव संकलन सुरु गरेको छ । महानगरभित्र रहेका अशक्त, असहाय र जेष्ठ नागरिकहरुको पीसीआर परीक्षणका लागि मोबाइल भ्यान मार्फत स्वाव संकलन सुरु गरेको महानगरले जानकारी दिएको छ ।

काठमाडौँ महानगरले उपलब्ध गराएको सवारी साधनमा नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेर महानगरलाई हस्तान्तरण गरेपछि भ्यान सञ्चालनमा आएको हो ।

चाहेरपनि स्वाव संकलन केन्द्रमा जान नसक्ने अशक्त, जेष्ठ नागरिकहरुको मोबाइल भ्यान मार्फत स्वाव संलकन गरिने महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।

सरकारले घोषणा गरेअनुसार लक्षित समूहको निःशुल्क परीक्षण गर्ने उल्लेख गर्दै उहाँले परीक्षण आफै गर्न सक्ने क्षमता भएकाहरुलाई शुल्क तिरेरै गर्न आग्रह गर्नुभएको छ ।

काठमाण्डौ महानगरपालिकाले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक ट्रेसिङमा परेका र लक्षण देखिएकालाई मात्र पीसीआर परीक्षण गर्न मेयर शाक्यले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्