Logo
|
Thursday 28th March 2024
Logo

epaper

काठमाडौं उपत्यकामा १ हजार ७ जना कोरोना संक्रमित थपिए



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ७ सय ७९ , भक्तपुरमा ८५ र ललितपुरमा १ सय ४३ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर आज संक्रमित पुष्टि हुनेमा १ हजार ९ सय ८० जना रहेका छन् ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा वितेको २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३३७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्