Logo
|
Thursday 28th March 2024
Logo

epaper

भरतपुर अस्पताललाई भेन्टिलेटर सहित २० लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण



जनस्वास्थ्य सरोकार, चितवन । कोभिड-१९ विरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी र बिरामीका लागि २० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको छ । कोकाकोला फाउण्डेशन नेपाल र नेपाल रेडक्रस सोसाइटीले संयुक्तरूपमा भरतपुर अस्पताललाई सो सामग्री हस्तान्तरण गरेका हुन् ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष होम पाठकले र रेडक्रस चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीलाई  सो स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभयो ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष पाठकका अनुसार रु १६ लाख ३२ हजार ८५० को आइसीयूमा प्रयोग हुने एक थान भेन्टिलेटर, छ हजार थान सर्जिकल मास्क, दुई हजार ५०० थान सर्जिकल पञ्जा, १०० थान सुरक्षा पोशाक, केएन–९५ मास्क २०० थान र ५० थान सुरक्षा चश्मा हस्तान्तरण गरिएको छ ।

सो अवसरमा अध्यक्ष अधिकारीले सबैको साथ र सहयोगले कोभिड–१९ का बिरामीको उपचारमा सहज भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्