Logo
|
Thursday 25th April 2024
Logo

epaper

देशभर १७९० जनामा कोरोना संक्रमण, २७९१ निको भए, २४ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ सय १० महिला र ५ सय ३७ पुरुष गरी जम्मा ९ सय ४७ जनामा संक्रमण देखिएको हो ।

हालसम्म १६ लाख ८१ हजार २९९ जनाको पीसीआर परीक्षण भएको छ । आज थप २७९१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या २ लाख ४ हजार ८९८ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ९१.४२ प्रतिशत रहेको छ ।

नेपालमा वितेको २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३७१ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ । हाल देशभर ६२७ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्