Logo
|
Saturday 20th April 2024
Logo

epaper

कोरोना कहर :उच्च ओहदाका कति व्यक्ति प्रभावित ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । यतिबेला नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण तिब्र रुपमा फैलिरहेको छ । कोरोनाबाट सर्वसाधारणमात्र होइन उच्च ओहोदाका व्यक्तित्वपनि प्रभावित भएका छन् ।

कोभिड–१९ बाट हालसम्म ३० जनाभन्दा बढी सङ्घीय सांसद तथा केही प्रदेशमन्त्री, प्रदेशसभा सदस्य, नगर तथा गाउँपालिकाका प्रमुखसहितका जनप्रतिनिधि पनि कोरोनाबाट प्रभावित भइसकेका छन् ।

संवैधानिक अङ्गका पदाधिकारी मात्र होइन नेपाल सरकारका मुख्यसचिव समेतले कोभिड–१९ को सङ्क्रमणको जोखिम व्यहोरिसकेका छन । नेपाली सेनामा उपरथि र प्रहरीमा प्रहरी नायब महानिरीक्षकसम्म सङ्क्रमित भएका छन ।

कोभिड–१९ का बिरामीलाई अस्पतालको श्ययामा राख्नु परेमा प्रतिव्यक्ति रु १५ हजार, सघन उपचार कक्ष (आइसीयू) मा भर्ना गर्नुपरेमा रु सात हजार तथा आइसीयूमा भेन्टिलेटरसहितको सेवा दिन परेमा प्रतिदिन प्रतिव्यक्ति रु १५ हजारका दरले उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिएको छ ।

तुलनात्मकरूपमा गर्मीको तुलनामा चिसो मौसममा कोभिड–१९ को सङ्क्रमण बढ्छ भन्ने केहीमा मनोविज्ञान रहे पनि त्यो सही नभएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो ।

अहिले देखिरहेको प्रभावका आधारमा आगामी चार महिनामा बढीमा एक लाख ४५ हजार व्यक्ति थप सङ्क्रमण हुनसक्छन् भन्ने अनुमान गरी सुझबुझका साथ तयारीलाई व्यवस्थित गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्