Logo
|
Friday 26th April 2024
Logo

epaper

देशभर १९४८ जनामा कोरोना संक्रमण, ३१४० निको भए, २८ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९४८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म १६ लाख ९० हजार ५०९ जनाको पीसीआर परीक्षण भएको छ । आज थप ३१४० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ९२.०२ प्रतिशत रहेको छ ।

नेपालमा वितेको २४ घण्टामा थप २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३८९ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ । हाल देशभर ६६९ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्