Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ सय ३५ जना कोरोना संक्रमित थपिए



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ सय ३५ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ३५ संक्रमित थपिएका हुन् । रहेकोकाठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या १ लाख ७ हजार १ सय ९८ पुगेको छ ।

संक्रमित ३ सय ५० महिला र पुरुष ४ सय ८५ रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौंमा ८५ हजार १ सय ५२ जना, ललितपुरमा १२ हजार ६ सय ९०, भक्तपुरमा ७ हजार ६ सय ७५ जना संक्रमित पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्