Logo
|
Thursday 28th March 2024
Logo

epaper

देशभर पाँच बर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै



फाइल फोटो

जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज र भोली देशभर पाँच बर्ष मुनिका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।

राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तरगर्त छ महिना देखि ५ बर्ष मुनिका करीब २७ लाख बालबालिकालाई भिटामिन ए र १ देखि ५ बर्षसम्मका करीब २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोहि समयमा छ देखि तेइस महिनाका करीब ६ लाख बालबालिकाहरुलाई बहुसूक्ष्म पोषक तत्व बालभिटा खुवाउने र उनीहरुको पाखुराको नाप लिइने  कार्यक्रम समेत राखिएको छ ।

बालबालिकाहरुमा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्न भिटामिन ए, जुकाको औषधि र बालभिटा खुवाउन लागिएको महाशाखाका अन्तरगर्तको पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिनुभयो ।

तोकिएको स्वास्थ्य संस्था वा स्थानमा गएर आफ्ना बालबालिकालाई भिटामिन ए, जुकाको औषधि र वालभिटा खुवाउन अभिभावकलाई आग्रह समते गर्नुभयो ।

अभियानका लागि महाशाखाले एघार करोड बढी खर्च हुने जनाएको छ । बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न नेपालमा २०५३ सालबाट भिटामिन ए खुवाउन सुरु गरिएको हो । बालबालिकालाई जुकाको औषधि २०५८ र बालभिटा २०६६ सालदेखि खुवाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्