Logo
|
Thursday 28th March 2024
Logo

epaper

किन दिनप्रतिदिन घट्दैछ सक्रिय संक्रमितको संख्या ?



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो एक हप्तालाई आधार मान्दा दैनिक ६ हजार पाँच सय जनाको कोरोना परीक्षण भइरहेको छ । दशैँयता कोरोना परीक्षण दर घट्दो क्रममा रहेको छ । कुनै समय एकैदिन झण्डै २० हजार जनासम्मको कोरोना परीक्षण हुने गरेको थियो । तर, अहिले परीक्षण द्रुत गतिमा हुन सकेको छैन ।


परीक्षणदर किन घट्दो क्रममा छ त ? यस प्रश्नमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको उत्तर सहजै छ- ‘परीक्षण गराउन आउनेहरुको संख्या कम भएकाले हुन सक्छ । ’ विगतमा सरकारले कोरोना परीक्षण निशुल्क गर्दै आएको थियो । तर, अहिले परीक्षणका लागि निकै अफ्ठेरो छ । किर्तिपुर बस्दै आएका २७ वर्षिय रविन बस्नेतले भन्नुभयो।


कोरोना भाइरस संक्रमण भएकामध्ये सक्रिय संक्रमितको संख्या दैनिक घट्दै गएको छ । अब देशभर सक्रिय संक्रमितको संख्या १२ हजार नौ सय ४८ मात्रै रहेको छ । हालसम्म दुई लाख ४१ हजार नौ सय ९५ जना संक्रमित मध्ये दुई लाख २७ हजार चार सय ३३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने दर ९३ दशमलब ९८ प्रतिशत रहेको छ ।

पछिल्लो केहि दिनयता कोरोना परीक्षणदर घटेको छ । एक हप्तालाई आधार मान्दा दैनिक सात हजारको हाराहारीमा मात्रै कोरोना परीक्षण भएको देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार सोमबार ६ हजार दुई सय २० जनाको पिसिआर परीक्षण भएको छ ।

यसअघि आइतवार ६ हजार चार सय ९५ जनाको कोरोना परीक्षण भएको थियो । हालसम्म १७ लाख ९० हजार सात सय ३९ जनाको पिसिआर परीक्षण भएको छ । हाल देशभर पाँच सय २७ जना क्वारेन्टाईनमा रहेका छन् ।

सोमबार देशभर एक हजार १४ जनामा संक्रमण देखिएको थियो । संक्रमित मध्ये हालसम्म एक हजार ६ सय १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर तीन सय ८५ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । हालसम्म ५३ जना भेन्टिलेटर र तीन सय ३२ जना संक्रमित आइसियुमा उपचाररत छन् ।

बागमती प्रदेशमा एक सय १३ जना आइसियु र ३० जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६८ जना आइसियु र तीन जना भेन्टिलेटरमा, प्रदेश एकमा २९ जना आइसियु र ६ जना भेन्टिलेटर, प्रदेश दुइमा नौ जना आइसियु र तीन जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।


यस्तै, सुदुरपश्चिम प्रदेशमा सात जना आइसियु र दुइ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ९८ आइसियु र नौ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा नौ जना आइसियु उपचाररत रहेका छन् ।
हाल देशभर आठ हजार ६० जना सकृय संक्रमित होम आइसोलेसनमा रहेका छन् । बाग्मती प्रदेशमा चार हजार चार सय २४ जना होम आइसोलेसनमा छन् ।

यस्तै प्रदेश एकमा एक हजार एक सय ७७, प्रदेश दुईमा एक सय ९६, लुम्बिनी प्रदेशमा एक हजार एक सय ८९, सुदूरपश्चिम प्रदेशमा ६ सय एक, गण्डकी प्रदेशमा तीन सय ८६ र कर्णाली प्रदेशमा ८७ जना होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्