Logo
|
Wednesday 26th February 2025
Logo

epaper

युकेका ९० वर्षिया मार्गारेट कीनन लगाइन कोभिड-१९ विरुद्धको पहिलो खोप (भिडियोसहित)



जनस्वास्थ्य सरोकार, काठमाडौँ । यूकेमा कोभिड-१९ विरुद्धको खोप अभियान सुरु भएको छ । युकेका ९० वर्षीया मार्गारेट कीननले कोरोना बिरुद्धको पहिलो खोप लगाइन् ।

आगामी साता उनी ९१ वर्ष लाग्दैछिन । मार्गारेट कीननले खोपलाई सबैभन्दा राम्रो जन्मदिनको उपहार बताएकी छन्।

उनलाई स्थानीय समयअनुसार ६ बजेर ३१ मिनेटमा फाइजर/बायोएनटेकले विकास गरेको खोप दिइएको थियो।

कीननले भनिन्- ‘म कोभिड-१९ विरुद्धको खोप लगाउने पहिलो व्यक्ति हुन पाउँदा आफूलाई भाग्यमानी सम्झन्छु। मेरो लागि यो सबैभन्दा राम्रो जन्मदिनको उपहार हो। किनभने यसको अर्थ म अन्ततः परिवार र साथीसँग समय बिताउन सक्छु भन्ने हो।’

सो खोपको आठ लाख मात्रा आगामी केही सातामा यूकेमा लगाइने योजना छ। यो महिनाको अन्त्यसम्ममा यूकेमा ४० लाखलाई खोप लगाइने बताइएको छ। सुरुमा ८० वर्षभन्दा माथिका र केही स्वास्थ्यकर्मीहरूलाई यो खोप दिइने छ।

प्रतिक्रिया दिनुहोस्