थप १३८२ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३८२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म १७ लाख ९९ हजार ६८६ जनाको पीसीआर परीक्षण भएको छ । आज थप १६२१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ९४.०१ प्रतिशत रहेको छ ।
नेपालमा वितेको २४ घण्टामा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६३७ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ६८६ रहेको छ । हाल देशभर ५२३ जना क्वारेन्टीनमा रहेका छन ।