Logo
|
Saturday 27th April 2024
Logo

epaper

थप १०५६ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३८२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म १८ लाख ५ हजार ९७२ जनाको पीसीआर परीक्षण भएको छ । आज थप १४८३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ९४.३२ प्रतिशत रहेको छ ।
नेपालमा वितेको २४ घण्टामा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६५१ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २४५ रहेको छ । हाल देशभर ५२५ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्