Logo
|
Saturday 20th April 2024
Logo

epaper

कोरोना विरुद्ध भ्याक्सिन ल्याउन द्रुत कार्ययोजना

तीन हप्तासम्मको समय भित्र काम सक्न निर्देशन



?

जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले कोरोना भाइरस विरुद्धको भ्याक्सिन आयातदेखि प्रयोगसम्मको कार्यादेश सहित द्रुत कार्ययोजना बनाएको छ । त्यसका लागि विषयगत समितिले कामको अख्तियारी दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यदललाई कार्यक्षेत्र र समयावधी तोकि काम गर्न निर्देशन दिएको छ ।


जसअन्तर्गत् खोप सचिवालय समिति गठन भएको छ । कार्यदलमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंह, विभाग अन्तर्गत् परीवार कल्याण शाखाका निर्देशक डा. भीमसिंह तिंकरी, खोप शाखा प्रमुख डा. झलक शर्मा गौतम र विश्व बैंकका प्रतिनिधि रहेका छन् ।

यस्तै, खोपको प्राविधिक कार्यपत्रलाई पूर्णता दिन डा. श्यामराज उप्रेती, डा. बालकृष्ण सुवेदी, प्रा. डा. भगवान कोइराला, डा. सुरेश तिवारी, बाबुराम हुमागाईँ र एनएचएसएसपीका प्रतिनिधि सहितको कार्यदल गठन गरिएको छ ।


यस्तै, पुर्वाधार तयारीका लागि कार्यदल गठन गरीएको छ । जसमा चुडामणी भण्डारी, पानबहादुर क्षेत्री, बडेबाबु थापा, युनिसेफ तथा विश्व बैँकका प्र्रतिनिधिहरु रहेका छन् । सो कार्यदललाई तीन हप्तासम्मको समयावधि दिइएको छ ।
सेवाग्राहीका व्याख्या सहितको प्राथमिकिकरण ( संस्थाको हकमा विधुतिय प्रणालीबाट तथा अन्य व्यक्तिको हकमा पालिका मार्फत गर्ने) गर्न तीन हप्ता कार्यावधी तोकिएको छ । कार्यदलमा डा.तारा पोखरेल, डा. गुणनिधी शर्मा, डा. झलक गौतम, डब्लुएचओ र युनिसेफका प्रतिनिधि रहनुभएको छ ।
डिप्लोयमेन्ट प्लान्ट (जनशक्ति तालिम, निर्देशिका) का लागि तीन हप्ताको कार्यअवधी तोकिएको छ । यस कार्यदलमा डा. भीमसिंह तिंकरी, दिनेश चापागाईँ, डा. बालकृष्ण सुवेदी, सुशील बराल, डब्लुएचओ र युनिसेफका प्रतिनिधि रहेका छन् ।


खोप कोषको प्रस्ताव आह्वान र सञ्चालनका लागि दुई हप्ताको कार्यअवधी तोकिएको छ । जसमा डा. गुणराज लोहनी, डा. जागेश्वर गौतम, डा. देवेन्द्र ज्ञवाली, यशोदा अर्याल, डा. झलक शर्मा गौतम, डब्लुएचओ र विश्व बैँकका प्रतिनिधि रहेका छन् ।


सार्वजनिक सुचना प्रवाह निर्देशिका साझेदारीहरुसँग संवादका लागि तीन हप्ताको समयावधी तोकिएको छ । जसमा डा. गुणराज लोहनी, डा. राधिका थपलिया, डा. गुणनिधि शर्मा, डा. सुशील बराल, डा. सुशील लेखक र युनिसेफका प्रतिनिधि रहेका छन ।
अनुगमन नियमन अनुसन्धान तथा क्लिनिकल व्यवस्थापनका लागि तीन हप्ताको समयावधी तोकिएको छ । जसमा डा. विकास देवकोटा, नारायण ढकाल, डा. प्रदीप ज्ञवाली, डा. पोमावती थापा, डा. राहुल प्रधान र डब्लुएचओका प्रतिनिधि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्