वितेको २४ घण्टामा थप १०४४ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १२१७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म १८ लाख २० हजार ६१८ जनाको पीसीआर परीक्षण भएको छ । आज थप १२७१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ९४.४० प्रतिशत रहेको छ ।
नेपालमा वितेको २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६७४ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १४८ रहेको छ । हाल देशभर ५१९ जना क्वारेन्टीनमा रहेका छन ।