Logo
|
Wednesday 26th January 2022
E-paper Magazine

देशभर ८३० जनामा कोरोना, १५०० निको, ९ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८३० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म १८ लाख ३१ हजार ४१ जनाको पीसीआर परीक्षण भएको छ । आज थप १५०० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ९४.८९ प्रतिशत रहेको छ ।
नेपालमा वितेको २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६९८ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९९४ रहेको छ । हाल देशभर ५१६ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्